खोटाङमा कांग्रेसले टुङ्ग्यायो प्रदेशसभा उम्मेदवारको नामावली

खोटाङ, १८ भदौ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समिति खोटाङले प्रदेशसभा निर्वाचनका लागि १८ आकांक्षीको नाम सिफारिस गरेको छ । पार्टी कार्यालयमा शनिबार बसेको बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ विष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, शम्भु कार्की, कृष्णप्रसाद भट्टराई र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ महिला कोटामा कमला राई र खुलातर्फ सहरमान राईलाई सिफारिस गर्दै आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दिपराज राई, प्रतीक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकालको नाम समावेश गरी पठाइएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

जिल्ला सभापति बिष्णुकुमा राई र प्रदेश १ का महामन्त्री भूपेन्द्र राईको टकरावका कारण कांग्रेसलाई प्रदेश ‘ख’को उम्मेदवार टुंग्याउन सकस परेको थियो । साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङमा १६ भदौमा आयोजना गरिएको बैठकले उम्मेदवारको टुंगो लगाउन नसक्दा दुई दिनसम्म दिक्तेलमा बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

यस्तै, प्रदेशसभा निर्वाचनका लागि प्रदेश ‘क’बाट १५ उम्मेदवारको नाम सिफारिस भएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ आठ जना, समानुपातिकतर्फ दुई महिला सहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए । यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

भागबन्डाका क्रममा गठबन्धन दलभित्र ‘प्रदेशसभा र प्रतिनिधिसभाको टिकट कसको पोल्टामा पर्छ’ भन्ने यकिन छैन । यद्यपि, गठबन्धनका दलहरूले आ–आफ्नो उम्मेदवार भने सिफारिस गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।