एमाले खोटाङ प्रदेश सभा ‘ख’मा दंगाल र ‘क’मा चारको दाबी

खोटाङ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङ उम्मेदवार टुंग्याउने कसरतमा जुटेको छ ।

आइतबारसम्ममा उम्मेदवार सिफारिसको काम टुंगिने एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । हालसम्म प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ रामप्रसाद दंगालको मात्र दाबी परेको छ । यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ देवविक्रम राई, सर्वधन राई, लीलानाथ निरौला र अनिसा खनालले दाबी प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दाबी रहेको सचिव आचार्यले बताए । प्रस्तुत दाबीमाथि ‘सर्टलिष्ट’ गर्दै उम्मेदवार सिफारिस गर्ने एमालेले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पनि आइतबार नै टुंग्याइने आचार्यले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।