भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै

निरोज कोइराला/टक्सार (भोजपुर), २० भदौ (रासस) ः तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो ।

जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा पनि चिनिन्छ । भौतिक पूर्वाधारका अभावमा पनि यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा भाग लिएका छन् । उचित भौतिक संरचनाको निर्माण कार्य भने नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए ।

नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टनका खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी पनि जिल्लाकै हुनुहुन्छ । जिल्लामा व्यवस्थित रङ्गशाला अभावमा भने हरेक खेलकुद प्रतियोगिता प्रभावित हुँदै आइरहेका छन् तर पछिल्लो समयमा आएर जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि सदरमुकाममा रङ्गशालाका साथै ग्रामीण क्षेत्रमा समेत खेल मैदान बन्नेक्रममा छन ।

खेलकुद क्षेत्रमा अहिले हुँदै आएको परिवर्तन भने सह्रानीय भएको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवाल बताउनुहुन्छ । अन्तर्राष्ट्रियस्तरका गोल्डकपसमेत सञ्चालन हुने जिल्लामा रङ्गशाला र खेल मैदान निर्माणले सबै उत्साहित बनेका छन् ।

अध्यक्ष सुवाल प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचनासमेत बन्ने चरणमा रहेकाले अबको केही वर्षभित्रमा खेलकुदका गतिविधिसमेत जिल्लामा अझै बढ्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म त भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था छ, भोजपुर नगरपालिका–७ को कोदारमा निर्माण भइरहेको रङ्गशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, यो पूरा भएमा प्रतियोगिता सञ्चालनमा सहजता हुन्छ, ठूला प्रतियोगितासमेत जिल्लामा नै सञ्चालन गर्न सकिन्छ ।”

प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा सो रङगशाला निर्माणाधीन छ । आगामी २०८० सालसम्ममा निर्माण अवधि रहे पनि अवको केही समयभित्रमा काम सम्पन्न हुने निर्माण व्यवसायी श्याम श्रेष्ठले जानकारीदिनुभयो । तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माणको काम गरि रहेको छ ।

करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले जिल्लावासीलाई थप उत्साहसमेत जगाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितासमेत भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेल मैदानको समस्या दीर्घकालीनरुपमा समाधान हुने खेल अभियन्ता विनम श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, “खेल मैदान सानो हुँदा ११ खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, फुटबल मात्र होइन जिल्ला तहमा हुने अन्य खेलसमेत प्रभावित बनेका थिए ।”

जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङसमेत भरेको छ । मापदण्डअनुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकाससमेत हुन सकिरहेको थिएन ।

सदरमुकाममा मात्र होइन अहिले स्थानीयतमा पनि साना ठूला रङ्गशाला बन्दै छन् भने कतिपय ठाउँमा बन्ने चरणमा छन । दुर्गम गाउँमा जन्मिएर विश्वमा समेत नाम कमाउन सफल अल्ट्रा धाविका मीरा राईको सम्मानमा पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा ‘मीरा राई रङ्गशाला’को निर्माण कार्यसमेत थालिएको छ ।

पौवादुङमा गाउँपालिकाले रु ५६ करोडको लागत रहेको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको हो । अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रङ्गशाला निर्माणमा आफु लागि परेको गाउँपालिकाका अध्यक्ष किरण राईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामीले सवैको साथ सहयोग लिएर रङ्गशाला निर्माणको काम पूरा गर्ने लक्षका साथ काम अगाडि बढाएका छौँ ।” यसलाई पूरा गर्न जिल्लावासीका साथै सबै पक्षको साथ सहयोग आवश्यक छ ।

खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्दै आइरहेकाकाले जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरुमा समेत खेल मैदानसहित खेल क्षेत्रको विकास सुरु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।