अन्ततः झुक्यो भारत सरकार, शिक्षा मन्त्री प्रधानले दिए राजिनामा
नयाँ दिल्ली, ९ साउन । प्रश्नपत्र चुहावट विरुद्ध कक्रोच जनता पार्टीले सुरु गरेको आन्दोलनसँग अन्ततः भारतको केन्द्रीय सरकार झुकेको छ ।
नरेन्द्र मोदी नेतृत्वको सरकार जेन जीको दबाबसामु झुक्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।
उनले सामाजिक सञ्जालमा एक्समा एक सन्देशमार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन । उक्त सन्देशमा उनले आफूले चार दशकभन्दा लामो समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि आफूलाई समर्पित गरेको उल्लेख गर्न छुटाएका छैनन ।
‘एक सुदृढ, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै बलियो राष्ट्रको आधारस्तम्भ हो भन्ने मेरो सदैव विश्वास रहिआएको छ। म देशका युवाहरूको आकाङ्क्षा, भावना र जायज अपेक्षाहरूको उच्च सम्मान गर्दछु। भारतको युवा पुस्ताका सपनाहरू साकार पार्नु हाम्रो सामूहिक राजनीतिक तथा सामाजिक जीवनको एक नैतिक प्रतिबद्धता रहिआएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको दूरदर्शी नेतृत्वमा राष्ट्रको सेवा गर्ने अवसर प्राप्त भएकोमा म उहाँप्रति कृतज्ञता व्यक्त गर्दछु।’
उनले राजिनामा घोषणा गर्दै भनेका छन् ।


