एमाले उदयपुरद्वारा प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस

उदयपुर । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।उदयपुरको २ वटा निर्बाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।

आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण), प्रदेश कमिटी सदस्यहरु बिमल कार्की र सुरेश तामाङ सिफारिस भएका छन् ।

मञ्जुकुमारी चौधरी यसअघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन् । कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित भएकी थिइन् ।

त्यस्तै बिमल कार्की प्रदेश सांसद् हुन् । अघिल्लो प्रदेश सभा चुनाबमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामासहित एमाले प्रदेश १ कमिटी सदस्यहरु बेदप्रसाद पोखरेल, कला घले, अम्बरबहादुर रायमाझी, प्रेम गौतम, भेषराज थापा र जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सिफारिस भएका छन् ।

कला घले अघिल्लो प्रदेश सभाको चुनाबमा निर्वाचित प्रदेश सांसद् तथा मन्त्रीसमेत थिइन् । घले उदयपुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएकी थिइन् । त्यस्तै शैलेस लामा अनेरास्ववियुका पूर्व उपाध्यक्षसमेत हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र १ (क) बाट कुशलबाबु बस्नेत, धनपति आचार्य, नारद निरौला, राजेन्द्र कटुवाल, भिम पौडेल, शम्भु पौडेल, ईश्वरा पौडेल गेलाल सिफारिस भएको छ । निर्बाचन क्षेत्र १ (ख) बाट ईश्वरमणि राउत, प्रकाशकुमार बस्नेत, प्रमेश्वर घिमिरे र महेश रेग्मीको नाम सिफारिस भएको छ ।

त्यसैगरी निर्बाचन क्षेत्र २ (क) खेम पाचे मगर, गजेन्द्रबहादुर खड्का, जीवन कार्की, देवराज राई, तेजबहादुर राउत, चक्रबहादुर गुरुङ (अर्जुन), हिमबहादुर मगर सिफारिस भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र २ (ख) बाट संजिव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल, रेणुका मल्ल ठकुरी, लालबहादुर भण्डारी, रमेश तिवारी, तुलसी चौलागाई, नवराज पोखरेल, जीवनाथ दाहाल, शोभा कार्की, र उद्धवसिंह थापा रहेका छन् ।

त्यसैगरी निर्बाचन क्षेत्र (ख) बाट समानुपातिकका लागि कमलमाया राई, भीम दर्नाल, तारा तामाङ र मनोज तामाङको नाम सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि उमेद्वार सिफारिस भएसँगै यस क्षेत्रमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।