सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार

ओखलढुंगा । आउँदो मंसिर ४ गतेको चुनावका लागि नेपाली कांग्रेस ओखलढुंगाले शनिबार उम्मेदवार सिफारिश गर्यो । जसमा प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फ कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारसहित केन्द्रीय सदस्य रामहरि खतिवडा, महाधिवेशन प्रतिनिधि खीलानाथ दाहाल र महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालको नाम छ । ओखलढुंगा कांग्रेसमा २ पटक सभापति भएका र लामो समय राजनीति गरेका सुनुवारको नाम पहिलो नम्बरमै सिफारिश भएको छ ।

२०४१ सालदेखि राजनीतिक यात्रा सुरु गरेका सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार हुन् । जिल्लामै बसेर संघर्ष गर्ने नेतामा पर्छन् उनी । ‘राजनीतिमा लागेर यत्रो दु:ख गरियो,’ उनी भन्छन्, ‘यो पटक संघमा मेरो दाबी छ, अरुपटक साथीभाइलाई छाडिदिन्छु ।’

योपटक जिल्लामा गठबन्धनका मुख्यगरी कांग्रेस-माओवादी केन्द्र र एमालेबीच प्रतिष्पर्धा हुने चर्चा बजारमा छ । अघिल्लोपटक एमालेको साथमा थियो माओवादी केन्द्र । जसका कारण संघमा ठूलो मतान्तरसहित एमालेका यज्ञराज सुनुवारले रामहरि खतिवडालाई हराइदिए ।

यसपटक गठबन्धनका कांग्रेस र माओवादी केन्द्रमध्ये कसले संघको टिकट लिने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादीले पार्टीका सचिव राम कार्कीलाई संघको एकल उम्मेदवार बनाएको छ । तर पनि जिल्लामा मुख्य प्रतिष्पर्धी मानिएको कांग्रेसभित्र संघको उम्मेदवार को बन्ने भन्ने विषयमा बहस जारी छ ।

संघमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कायम भए ओखलढुंगा कांग्रेसलाई जित निकाल्न थप चुनौती छ । जिल्लामा संघका उम्मेदवारले माओवादी केन्द्रलाई मिलाउन सक्ने नेता पनि जरुरी भएको विष्लेशन सुनिन थालेको छ । कांग्रेसकै कतिपय कार्यक्रमहरुमा ‘जनजाति मत तान्न सक्ने उम्मेदवार’ को खाँचो भएको सुनिने गरेको छ । भूगोलमा बसेर जनताका समस्या बुझेका नेताको माग भएको पनि उत्तिकै सुनिएको छ । फेसबुक र टिकटकमा पोष्ट गर्न लगाइएका स्टाटसले तताएको बजार पनि छुट्टै छ ।

कांग्रेसबाट सिफारिश भएका ४ जना नै उम्मेदवार कांग्रेसका लागि बलिया उम्मेदवार हुन् । तर अहिलेको अवस्थामा कांग्रेसबाट जित निकाल्न सक्ने एक्लो उम्मेदवार प्रदीपकुमार सुनुवार नै हुन् । राजनीतिक न्यायका हिसाबले पनि सुनुवारले नै टिकट पाउनुपर्ने कार्यकर्ताको धारणा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।