माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार, यी हुन् आकांक्षी

खोटाङ, २१ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्वसांसद टंक राईसहित चारजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र परशुराम विश्वकर्माको नाम सिफारिस गरिएको माओवादी जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिए । जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा सोमबार र मंगलबार भएको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादीले प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगीन), हस्तबहादुर राई (आमोद), विकास राई र सीताराम अधिकारीलाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।

प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको माओवादीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।