सतुवाले बजार नपाउँदा किसान निरास

दिलकुमार लिम्बू/फुङ्लिङ, १ असोज (रासस) ः फुङ्लिङ नगरपालिका–१० का पूर्णहाङ लिम्बू अहिले निरासामा हुनुहुन्छ । उहाँले विगत छ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आउनुभएको छ । तर पछिल्लो समयमा सतुवाले बजार नपाउँदा लिम्बू निरास बन्नुभएको छ ।

विगत पाँच वर्ष अगाडि यो प्रतिकिलो रु २० हजारमा खरिद बिक्री भएको थियो । सतुवाको बजार मूल्य राम्रो भएपछि पूर्णबहादुर लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवा खेतीपाती गर्ने जग्गामा पनि व्यावसायिकरुपमै खेती गर्न थाल्नुभयो । पूर्णबहादुरले सतुवाको बीउ जङ्गलबाट नै ल्याएर रोप्नुभयो ।

विस्तरै सतुवाको बेर्ना उमार्न एक रोपनी जग्गामा टनेल लगाउनुभयो । अहिले टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आउनुभएको छ । प्रतिबोट रु १५ देखि ३० सम्म सतुवाको बेर्ना बिक्री हुन्छ ।

सात वर्ष अगाडि उत्साहित हुँदै लगाएको सतुवाको बेर्ना फल बिक्री गर्ने समय भएको छ । तर सतुवाको बोटबाट फल निकालेको छैन । लिम्बूले भन्नुभयो, “कहिले राम्रो बजार मूल्य आउँछ, त्यसबेला खनेर बिक्री गरौँला ।” एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि त्यही दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जतिखेर पनि खन्न सकिने लिम्बूले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकपटक रोपिएको दाना कुहिदैन, प्रत्येक वर्ष आँख्ला सर्दै जान्छ ।” उहाँले सात वर्ष अगाडि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म रहेको उहाँले बताउनुभयो । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताउनुभयो ।

चार वर्ष अगाडि वैदेशिक रोजगारीमा जान तम्सिँदै गरेका फक्ताङ्लुङ गाउँपालिका–६ का सन्तोष राई सतुवाको बजार मूल्यले वैदेशिक रोजगारी जान रोकियो । वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च सतुवा खेतीमा लगाउने सोच बताउनुभयो । खेती विस्तार गर्नतिर लाग्नुभयो । राईले सुरुआत गर्दा जङ्गलबाटै सतुवाको बेर्ना ल्याएर व्यावसायिक खेती सुरु गर्नुभयो ।

खेती गर्न सुरु गरेसँगै बजार ह्वात्तै खस्क्यो । बजार नपाउँँदा अहिले राई निरास हुनुहुन्छ । तैपनि केही आशा छ । सात वर्ष अगाडि सतुवाले राम्रो बजार मूल्य पाउँदा उत्साहित भएर व्यावसायिक खेती गर्ने लिम्बू र राई एक प्रतिनिधि मात्र हुन् । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार २०६६÷७७ मा २ हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको छ । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

सतुवाको बजार चीन भएकाले कोभिड–१९ का कारणले नाकाबन्दी भएसँगै बजार शून्य भएको फुङ्लिङ नगरपालिका–५ का व्यापारी सविन बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सतुवा चीनका व्यापारीले लिने गर्छन् । कोभिड–१९ का कारण बन्द भएको नाका खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा निर्यात हुन सकेको छैन ।”

ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ताला नाका हँुदै चीनको रियु बजार निर्यात हुँदै आएको थियो । सो नाका चार वर्षदेखि नाका बन्द छ । नाका नखुल्दा सतुवाको कारोबार शून्य भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोग निको पार्छ । स्थानीयले पेट दुखेको, पखाला चल्दा, बान्ता हुँदा, परम्परागतरूपमा पेटको जुका र कीरा मार्न बच्चालाई खुवाउने गर्छन् । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने, अपच हुने, कमजोरी र रिँगटा लाग्ने बिरामीका लागि पनि सतुवा उपयोगी मानिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।