अमेरिकामा गायन, वाद्यवादन, नृत्य र कमेडी विधामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुंदै

काठमाडौं । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लागिएको बताए ।

कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइएपनि टेलिभिजनको नाम भने खुलाइएको छैन् । कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत हुन सघाउने आशा अध्यक्ष पुष्प गजमेरले लिएका छन् ।
हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उदेश्यसहित पहिलो संस्करण सुरु गरिएको अध्यक्ष गजमेरले कार्यक्रममा बताए । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्धारा प्रशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ ।

अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् । कार्यक्रममा अतिथिहरु बिशिष्ठ अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

एसोसिएसन अमेरिका र ड्रुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमका संचालक, बरिष्ठ संचारकर्मी अभिनेता तथा निर्देशक दिनेश डिसीले पुष्पको यो कदमको सबैले साथ दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा गीतकार संघका उपाध्यक्ष बसन्त बित्यासी थापा, समाजसेवी तथा निर्माण ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायत अन्य बिशिष्ठ व्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।