नेकपा (एस) खोटाङ जिल्ला कमाण्डले थाल्यो निर्वाचनको तयारी

खोटाङ, ४ असोज । नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । ७९ वडाका दुई जना प्रतिनिधि पर्नेगरी निर्वाचन परिचालन मूल समिति गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव राजन आचार्यले बताए ।

यस्तै, निर्वाचन सम्बन्धी प्रतिबद्धता–पत्र तयार पार्नका लागि केन्द्रीय सदस्य एवं पूर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला कमिटीका पदाधिकारी, १० पालिका इन्चार्ज, विज्ञ सदस्य रहेको कार्यदल बनाइएको छ । बैठकले आर्थिक विभाग प्रमुख एन्टी शेर्पाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ । आर्थिक व्यवस्थापनका लागि खोटाङ–काठमाडौं सम्पर्क मञ्चलाई पनि परिचालन गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले दसैँ तिहारको अवसरमा घटस्थापनाको दिन जिल्लाका सबै पालिकामा शुभकामना आदान–प्रदान कार्यक्रमको तयारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।