प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड

चितवन, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन ।’

संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उनले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताए । ‘चितवनका जनता सचेत छन् । राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖