निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतकाे निर्णय

विशाल बस्नेत/महोत्तरी,१४ असोज । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे ।

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो ।

महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाकाे निरन्तरता रहेकाे आराेप लगाए ।

केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।

धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पाटी (बहुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।