किरात खालिङ राई भाषाको पहिलो म्युजिक भिडियो “च्यारी घ्लेप्या ख्याःल् च्योह्याम्” सार्बजनिक

धनकुटा । किरात खालिङ राई भाषामा बनेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको याे म्युजिक भिडियो नै यस भाषामा बनेको पहिलो भएको निर्माण समितिले जनाएको छ ।

लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार ममता राईले लेखेको ‘च्यारी घ्लेप्या ख्याःल् च्योह्याम्’ बोलको गीतमा म्युजिक भिडियो सार्वजनिक निर्माण गरिएकाे हो । खालिङ राई भाषाका थुप्रै गीत यसअघि निर्माण भएका भए पनि आधिकारिक रुपले म्युजिक भिडियोको रुपमा निर्माण गरिएको यही नै पहिलो हो ।

सोलुखुम्बुल लगायतको स्थानमा बसोवास गर्ने खालिङ राईहरुको रैथाने जीनवशैलीलाई म्युजिक भिडियोमा देखाइएको छ । ‘हामीले म्युजिक भिडियोमा गाउँको वातावरण, रैथाने जीवशैली र खालिङ राईहरुमा रहेको सांस्कृतिक सौन्दर्यलाई देखाउने प्रयास गरेका छौं’ भिडियोका निर्देशक गीलु रातोसले भन्नुभयाे । भिडियोलाई सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–१, जुभिङमा छायांकन गरिएको छ । खालिङ राईहरुको सघन वस्ति भएकै स्थानमा छायांकन गरिएकाले पनि म्युजिक भिडियो निकै रोचक बनेको निर्माण पक्षले जनाएको छ ।

जागरणमूलक शब्द रहेको गीतले सबैलाई एकता कायम गरि अघि बढ्न आह्वान गरेको गीतकार राईले बताउनु भयाे । आफू अमेरिका रहे पनि सधैंभरि आफ्नो गाउँघर र समुदायको माया लाग्ने गरेको राई बताउँछिन् । ‘यहाँ भए पनि सधैं याद उतै (नेपाल)कै आउँछ । र आफ्नो समुदायको लागि धेरै माध्यमबाट सेवा गरौं भन्ने भावनाअन्तर्गत यो जागरमूलक गीत लेखेकी हुँ’ राईकाे भनाई छ । ‘याे गीत मार्फत आफ्नो समुदायलाई एकाकार भएर अघि बढ्न आह्वान गरेकी छु ।’ राईले यसअघि नै एकल शब्दमा ‘ममता’ नामक गीति एल्वम बजारमा ल्याइसक्नु चएकाे छ । उहाले आफूलाई सामाजिक कार्य र समाज सेवामा समेत उतिकै सक्रिय तुल्याउँदै आउनु भएकाे छ ।

यस गीतको संगीत र एरेन्ज पविधन खालिङले गर्नु भएकाे छ भने यशोदा खालिङ राई र पूर्ण राईले आवाज दिएका छन् । त्यसैगरि म्युजिक भिडियोमा सज्जन राई र सुनिता राईले अभिनय गरेका छन् । स्वस्तिका, विन्दु, निशा, बन्दना, सुमित्रा र बिनिता खालिङ राईले नृत्यकारको भूमीका निर्वाह गरेका छन् । गीलु रातोसको निर्देशनमा बनेको भिडियोलाई गंगाराम राईले छायांकन र सम्पादन गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖