गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

काठमाडौं, १६ असोज । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् ।

्आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना
काठमाडौँ, १६ असोज (रासस) ःनवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । वडादसैँ अर्थात् दुर्गा पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ ।

यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा पनि भक्तजनको बिहानैदेखि भीड बढेको छ ।

नवौँ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दशैँको महत्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केहीले भने कूल परम्पराअनुसार यसअवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।

यसैगरी दसैँका अवसरमा बजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । विशेषगरी राजधानी बाहिर जाने यात्रु यातायात व्यवसायीबाट ठगिएको गुनासो हुन थालेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।