लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

लमजुङ, १६ असोज । लमजुङको गाउँशहर दरबारमा स्थापना गरिएको राजा यशोव्रम्ह शाहको शालिकले दरबारको रौनक थपिदिएको छ । शाह वंशिय राजाहरुको पहिलो दरबार भनिएपनि भवन भन्दा बाहेक केहि नभएको दरबार परिसरमा पहिलो राजा यशोव्रम्ह शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ ।

नेपाल एकीकरणअघि शाहवंशिय राजाहरुको उद्गमस्थल लमजुङको गाउँशहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन् । दरबार परिसरमा राजा यशोव्रम्ह शाहको शालिक निर्माण भएपछि दरबारको रौनकता थपिएको भन्दै पर्यटकहरु आउन थालेका हुन् ।

राजा यशोव्रम्ह शाहको शालिकले इतिहासलाई जिवन्त बनाएको आन्तरिक पर्यटक भिष्मराज बरालले बताए ।

“इतिहास कहिल्यै मेटिँदैन । दरबारसँगै बनेको राजाको शालिकले पुरानो इतिहासलाई जिवित बनाएको अनुभव भयो,” उनले भने । गाउँशहर दरबारमा १६ औ शताब्दीमा निर्माण गरिएका पुरानो संरचना भएर पनि इतिहास जिवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको थियो ।

नेपाली सेनाका पुर्व प्रधान सेनापती पूर्णचन्द्र थापाको पहलमा लमजुङस्थित श्रीजङ गणले १० लाखभन्दा बढी लागतमा यशोव्रम्हको शालिक निर्माण गरेको हो ।

शालिक निर्माण भएसँगै दरबार र तत्कालिन बाईसी–चौबिसी राज्यको इतिहास पढ्न सहज भएको अनुमान गरिएको छ ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । दरबारको हेरचाहका लागि सरकारले लमजुङ स्मारक तथा दरबार हेरचाह कार्यालय स्थापना गरेको छ । २०४८ सालतिर पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गराएपछि त्यहाँको विकासका लागि थप काम हुन सकेको छैन । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासक्रम रोकिएको थियो ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो ।

शाह राजाहरुको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भएपनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको छ ।

ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।