खोटाङमा एमाले प्रमुख सचेतक भट्टराईलाई टिकट

खोटाङ, २२ असोज । नेकपा एमालेले खोटाङमा बिशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो ।

जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । राई २०७० को संविधानसभा सदस्यमा विजयी भएका थिए । उनलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिए पनि केन्द्रीय कमिटिले प्रदेशको टिकट दिएको हो । ‘अनटेष्टेड’ दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

गठबन्धनबाट माओवादी केन्द्रलाई टिकट

गठबन्धनबाट प्रतिनिधिसभाको टिकट नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । तर अहिलेसम्म गठबन्धनबाट उठ्ने उम्मेदवारको आधिकारिक टुंगो लागेको छैन । गठबन्धनको टिकट वितरणप्रति कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।