निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

कञ्चनपुर, २३ असोज । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता २०७९ को पूर्ण रुपमा पालना भए÷नभएको बारे निर्वाचन आयोगले सूक्ष्म रुपमा अनुगमन गर्ने भएको छ ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा शनिबार साँझ आयोजित आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले निर्वाचन आचारसंहिता पालना भए÷ नभएको बारे अनुगमन गर्नका लागि निर्वाचन आयोगले गोप्य रुपमा टोली खटाउने भएको बताउनुभयो ।

“आयोगले खटाउने टोलीले गोप्य रुपमा अनुगमन गर्छ”, उहाँले भन्नुभयो, “टोली आएको बारे हामीलाई पनि थाहा हँुदैन, आचारसंहिता उल्लङ्घन गरेको पाइए नियमानुसार कारबाही हुन्छ ।” उहाँका अनुसार जिल्लाबाट समेत आचारसंहिता पालना गरे÷ नगरेको बारे अनुगमन हुने बताउनुभयो ।

“निर्वाचनलाई निष्पक्ष, भयरहित र सौहाद्र्र वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक छ ।” राजनीतिक दलसँग छलफल गरेर नै निर्वाचन आयोगले आचारसंहिता बनाएकाले आचारसंहिताको पालना गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । छलफल कार्यक्रममा सहभागी नेपाली कांग्रेसका पार्टी प्रतिनिधि लालबहादुर सिंहले आयोगले जारी गरेको निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्रका लोकेन्द्रबहादुर ऐरीले यसअघिका निर्वाचनमा जारी गरिएको आचारसंहिता पालना गरिएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा समेत जारी आचारसंहिता पूर्ण रुपमा पालना गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

छलफल कार्यक्रममा मनोनयन गर्दा गर्न जाँदा २५ जनाभन्दा बढी सहभागी, मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्दा प्रस्तावक, समर्थक, पार्टीको जिम्मेवार व्यक्ति र उम्मेदवार मात्रै प्रवेश गर्ने सहमति भएको छ । भीडभाड नगरीकनै मनोनयन दर्ताको कार्य सौहार्द्र वातावरणमा सम्पन्न गर्ने राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मनोनयन गर्ने समय बिहान १० देखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ । राजनीतिक दलहरुलाई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयले दलका प्रतिनिधिको रायका आधारमा समय निर्धारण गरेको छ । मुख्य राजनीतिक दलहरुले दिउँसो १२ बजेपछि मात्रै मनोनयनका लागि समय माग गरेका छन् । मनोनयन गर्न आउँदा ल्याउनुपर्ने कागजपत्रका बारे समेत पार्टी प्रतिनिधिलाई कार्यक्रममा जानकारी दिइएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖