उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल डा बाबुराम भट्टराईसहितका नेता गोरखा प्रस्थान

काठमाडौँ, २३ असोज ।सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।

उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेता तथा कार्यककर्ता गोरखा प्रस्थान गरिसक्नुभएको छ । अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका लागि उम्मेदवारी दर्ता गराउन अध्यक्षलगायतको टोली गोरखा प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।

माओवादीले अध्यक्ष दाहाललाई गोरखाबाट उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको हो । यसअघि उहाँ निर्वाचित हुनुभएको चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई उम्मेदवार बनाइएको छ ।

यस्तै काठमाडौँ क्षेत्र नं २ बाट पूर्वसभामुखसमेत रहनुभएका ओनसरी घर्तीले उम्मेदवारी दर्ता गराउनुहुने भएको छ । गठबन्धनको साझा उम्मेदवारका रुपमा घर्तीले आज मात्रै टिकट पाउनुभएको हो ।

काठमाडौँ क्षेत्र नं ७ मा पूर्वविद्यार्थी नेता मानुषी यमी भट्टराईले उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।
काठमाडौँ क्षेत्र नं ९ बाट माओवादी नेत्री कल्पना धमलालले उम्मेदवारी दर्ता गराउनुहुनेछ ।

ललिततपुर क्षेत्र नं ३ मा माओवादीका उपमहासचिव पम्फा भुसालले उम्मेदवारी दिनुहुने भएको छ । आज मात्रै नेत्री भुसालले उम्मेदवारको टिकट पाउनुभएको हो । भक्तपुर क्षेत्र नं १ मा माओवादीका तर्फबाट सुनिल गोठेले पनि टिकट पाउनुभएको छ । माओवादीले आजमात्रै देशभरका प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुङ्गो लगाएको हो । सोही आधारमा आजै उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा सहभागी हुन लागिएको सो पार्टीले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖