खोटाङमा गठबन्धनबाट संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन

खोटाङ, २३ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।

यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि गठबन्धन दलका उम्मेदवार र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

यस्तै, गठबन्धन दलका उम्मेदवार बिरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिँदैछन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै कांग्रेसका सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेश (क) मा सुवासकुमार पोखरेल र प्रदेश (ख) मा धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।