खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्‌वारी

खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ ।

४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो । श्रेष्ठले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा (क) र प्रदेशसभा (ख)का लागि उम्मेदवारको नामावली पठाए पनि राप्रपाले अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराएको हो ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता
दाङ, २३ असोज (रासस) :सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो ।

लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत मानबहादुर बिष्टले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ता गर्दै मन्त्री चौधरीले संविधान रक्षाका लागि गठबन्धनको साझा उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

सो क्षेत्रबाट नेकपा (एमाले) का शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट टिकट पाउन नसकेपछि एमालेका नेत्री गङ्गा चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङ क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । पोखरेलले घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो साढे चारबजे उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लुम्बिी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका पोखरेलले विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने र बलियो राजनीतिक शक्ति निर्माण गर्ने अभियानअन्तर्गत आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नं ३ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गिरीले तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो साढे दुई बजे उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दाङ–३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) बाट कोमल वलीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।