खोटाङमा जसपाबाट डा. राईको उम्मेदवारी दर्ता

खोटाङ, २३ असोज । प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई (केके राई) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।

आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि जसपाले राईलाई उम्मेदवारका रूपमा अघि सारेको हो ।

जनता समाजवादी पार्टीले प्रदेश सभा (क)मा राकेश राई र प्रदेश सभा (ख)मा प्रेमकुमार राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि खम्बूवान राष्ट्रिय मोर्चा नेपालले जय खिम्दुङलाई उठाएको छ । खम्बूवानले प्रदेश सभा (ख)मा एसके चाम्लिङलाई उम्मेदवार बनाएको छ । आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।