तीन पदका लागि ताप्लेजुङमा २८ को उम्मेदवारी

फुङ्लिङ, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा (एमाले)का योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ । विभिन्न निर्वाचन क्षेत्रमा एमालेसँग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट रामबहादुर कार्की र जसपाबाट चन्द्र मादेनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनबाट विक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनता समाजवादी पार्टीबाट कृष्णबहादुुर लिम्बूको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै प्रदेशसभा (क)मा १० जनाको उम्मेदवारी परेको छ । कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले कांग्रेसबाट उम्मेदवारी दर्ता गराउँदा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जिल्ला इञ्चार्ज खेमबहादुर वनेमले उम्मेदवारी दिनुभएको छ भने एमाले पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वोले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट मोतिलाल तुम्बाहाम्फे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भूपेन्द्र मावो लिम्बू, राप्रपाबाट चन्द्रबहादुर थापा, जसपाबाट युगराज गुुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नेत्रप्रसाद ताम्लिङ लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङ र प्रदेश कार्यसमिति सदस्य मीनाकुमारी गुरुङले समेत स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएको छ ।

प्रदेशसभा (ख) मा सात जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका खगेनसिंह हाङ्गामको उम्मेदवारी परेको छ भने एमालेबाट प्रदेश सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जनता समाजवादी पार्टीबाट नवीन लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुम्साम लिम्बू, राप्रपाबाट ललितकुमार सुब्बा र मङ्गोल नेशनल अर्गनाइजेशनबाट सन्तबहादुर लिम्बूको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।