उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा राई र दाहालको स्वतन्त्र उम्मेदवारी

उदयपुर । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरको निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका जगनाथ खतिवडाको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई र निर्बाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीकोविरुद्धमा नेकपा माओवादीका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सबैको सल्लाहाले स्वतन्त्रमा उमेद्वारी दिएको राईले बताएका छन । राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुन् । कटारी क्षेत्रमा लोकप्रिय ५१ वर्षीय राई २०५४ को स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट कटारी गाबिसका निर्वाचित अध्यक्ष हुन । लामो समय पार्टीभित्र काम गर्दा पनि उचित मूल्यांकन नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताए ।

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी
किमाथाङ्का, २४ असोज (रासस) ः
सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपककुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बूले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्रतर्फ प्रवीन कार्की र तेन्जि भोटियाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिनुभयो ।

प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभा (क) मा प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट राजेन्द्र कार्की, नेकपा (एमाले)बाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्रमा वीरेन्द्रकुमार राईले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेशसभा (ख) तर्फ स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सरिता थापा, एमालेको तर्फबाट बिदुरकुमार लिङ्थेप, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीबाट पूर्ण शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमारिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालप्रसाद दाहालले उम्मेदावरी दर्ता गराउनुभएको छ । प्रदेशसभा (ख) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्लामा एक लाख १६ हजार पाँच सय ५४ मतदाता छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।