बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश नं १ को निर्देशन

विराटनगर, २४ असोज । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिनुभएको हो । उहाँले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गर्नुभएको छ ।

“पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौँ” विज्ञप्तिमा भनिएको छ, “गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौँ ।”

प्रदेश अध्यक्ष नेम्वाङले अहिलेको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गर्नुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖