उदयपुरमा ६४ जनाकाे उम्मेदवारी

उदयपुर, २४ असोज । उदयपुरको निर्वाचन क्षेत्र १ र २ मा आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रणसहित ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट तीन जना र प्रदेशसभा सदस्यमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र १ बाट सत्तारुढ गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का, एमालेबाट मन्जुकुमारी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट खुशिलाल ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कम्पसबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पाटीबाट धुव्रकुमार रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उद्धव अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राई, सचेत नेपाली पार्टीबाट हरिबहादुर बुढाथोकी, नागरिक उन्मुक्ति पाटीबाट कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट ललकु चौधरी, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट केशरबहादुर मगर, जनता प्रगतिशील पार्टीबाट मुकेश सहनी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट रामप्रसाद चौलागाईं, स्वतन्त्रबाट राम श्रेष्ठ चौधरी गरी १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा, एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार श्रेष्ठ, कांग्रेस बिपिबाट केशबबहादुर पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल अर्गनाईजेशन पार्टीबाट भाष्कर राई, हाम्रो नेपाली पार्टीबाट लोबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बन्सिधर न्यौपाने, जनजागरण पार्टी नेपालबाट बिन्दाकुमारी कटुवाल, जनता समाजवादी पार्टी नेपालबाट सिद्धान्त राई, स्वतन्त्रबाट रामकुमार राई, स्वतन्त्रबाट राममणि पौडेल गरि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३६ जनाकाे उम्मेदवारी परेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।