‘९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै’
उदयपुर, २७ असोज । करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला राजनीति दलहरूबाटै हुने गरेकाे सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्ताे घटना नदाेहाेर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए ।
कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको बिषयमा जानकारी गराएको थियो ।
‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा नुवाकोट प्रथम
त्रिशूली, २७ असोज (रासस)ःसामरी कल्लाबारी डोजोको आयोजनामा नुवाकोटमा सम्पन्न ‘प्रथम बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता’मा आयोजक नुवाकोट टिम प्रथम भएको छ ।
मङ्गलदेखि सुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा नुवाकोटले १३ स्वर्ण, १० रजत र १७ कास्य गरेर कुल ४० पदकसहित बागमती प्रदेश च्याम्पियन भएको अन्तर्राष्ट्रिय रेफ्री तथा प्रतियोगिताका वरिष्ठ जुरी राम लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुपाल्चोकले चार स्वर्ण र चार कास्यसहित आठ पदकका साथ दोस्रो र काठमाडौँले तीन स्वर्ण, एक रजत र आठ कास्यसहित १२ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगितामा ललितपुरले १० पदक, धादिङले नौ पदक, भक्तपुर र रसुवाले चार–चार पदक जितेको सितोरियो कराते नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनुभयो ।
पदक विजेता खेलाडीलाई म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सीता वाइबासहित खेल क्षेत्रका विभिन्न पदमा रहेका अतिथिले नगद रुपैयाँ, शिल्ड, मेडल, पदकसहित समानपत्र प्रदान गर्नुभएको थियो ।


