तेह्रथुममा सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा

प्रकाश पाक्साँवा/तेह्रथुम, २८ असोज । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बनेकी छन् । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई उम्मेदवार छन् ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । ‘मैले छथरदेख िआठराईसम्म भूगोल र त्यहाँको समस्या २०४८ सालदेखि देखेकी छु । त्यही समस्यालाई समाधानका निम्ति काम गर्दै आएकी पनि छु । मैले गरेका अधुरा र अपूरा कामलाई पूरा गर्दै समग्र तेह्रथुमको विकासका लागि मेरो उम्मेदवारी हो । जनताले दिएको मतलाई सम्मान गर्दै तेह्रथुमको विकासका निम्ति अहोरात्र खट्नेछु,’ उनले भनिन् ।

दुई नगरपालिका र चारवटा गाउँपालिका रहेको तेह्रथुममा गत निर्वाचनमा प्रतिनिधसिभा तथा प्रदेशसभामा एमालेले जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार दुर्गाप्रसाद चापागाईले राजनीतिक क्रान्तिलाई सम्झने मात्र हैन, आउने पुस्तालाई नयाँ मार्गदर्शन दिन आफ्नो उम्मेदवारी रहेको
बताए । ‘पहाडी जिल्ला तेह्रथुम हरेक क्षेत्रले पछि परेको छ । अरु जिल्लाको तुलनमा सानो जिल्ला भएकाले थोरै मेहेनतले पनि जिल्लाको विकास गर्न सकिने भएकाले मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

म्याङलुङ नगरापालिका, लालिगुराँस नगरपालिका र छथर गाउँपालिकामा कार्यकर्ता तथा समर्थकको भेटधाट गरिसकेको गठबन्धन दलले पहिलो चरणमा जिल्लाको सबै पालिकास्तरीय भेटघाटलाई अघि सारेर चुवानी तयारीमा जुटेको जनाएको छ । राजनीतिमा धेरै विकृति र संगति रहेकाले त्यसको अन्त्य र तेह्रथुमका विकासको निम्ति चुवानी मैदानमा आएको प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष सुब्बा बताए ।
तेह्रथुममा प्रतिनिधिसभा निर्वाचनका लागि १० र प्रदेशसभा निर्वाचनका लागि १६ जना चुनावी मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार एक सय ३९ महिला र ३६ हजार ७ सय ९४ पुरुष मतदाता छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।