बाआमाको तस्बिरदेखि शहीदको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी

खोटाङ । मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा सुरु भएको छ । टिकट पाएका उम्मेदवार आफ्नो जीतको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका छन् । चुनावी अभियानलाई विशेष र आकर्षक बनाउनका लागि उम्मेदवारहरूले फरक–फरक शैली अपनाएका छन् ।

शहीददेखि आफ्नो स्वर्गीय बाबुआमाको तस्बिरमा माल्यार्पण गर्दै उम्मेदवारहरूले आआफ्नो चुनावी अभियानको थालनी गरेका छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा उठेका विशाल भट्टराई र प्रदेशसभा (ख)बाट उठेका रामप्रसाद दंगालले शहीद मुक्सन किरातको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन् । शहीद मुक्सन किरातको स्मृति दिवस पारेर दुई उम्मेदवारले असोज २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा बनाइएको सालिकमा पुष्पगुच्छा चढाएका थिए ।

‘प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेपछि हामीले उनै शहीद मुक्सन किरातकी आमा सम्पूरा राईलाई साक्षी राखेर सालिकमा पुष्पगुच्छा अर्पण गरेर चुनावी अभियानको प्रारम्भ गरेका छौं,’ भट्टराईले फेसबुकमा लेखेका छन् । मुक्सनको द्वन्द्व कालमा २४ असोज २०५९ मा हत्या भएको थियो ।

यस्तै, गठबन्धन अन्तरगत कांग्रेसबाट प्रदेशसभा (ख)मा उठेका भूपेन्द्र राईले आफ्नो स्वर्गिय आमाबुबाको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी गरेका छन् । राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित आफ्नो घरको भित्तामा झुण्ड्याइएको आमा गुम्माकुमारी राई र बुबा ध्यानबहादुर राईको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान थालेका हुन् ।

‘मलाई जन्म दिनुहुने बुबा-आमा भौतिक रूपमा हुनुहुन्न । हुनुभएको भए विजयको शुभकामना दिनुहुन्थ्यो,’ राईले फेसबुकमा लेखेका छन्, ‘त्यसैले आमा र बुवाको तस्बिरमा माल्यार्पण गरी आशिरवाद माग्दै चुनावी अभियान सुरु गरेको छु ।’ अन्य उम्मेदवारले पनि आआफ्नै शैलीमा चुनावी अभियान थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।