मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा

म्याङ्लुङ,२९ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न तेह्रथुममा रहेका दलहरु एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्लामा रहेका सत्ता गठबन्धन दल, एमाले, लिम्बुवान, जनमोर्चा र स्वतन्त्र पार्टी लगायतका उम्मेदवार कार्यकर्ता भेटघाटमा व्यस्त हुन थालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दल तथा एमालेले चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।

प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बन्नुभएको छ । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ उम्मेदवार हुनुहुन्छ । एमालोबाट प्रतिनिधिसभामा एमाले निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष विजय सुव्बा, निर्वाचन क्षेत्र (क) मा किशोरचन्द्र दुलाल र (ख) मा तेजमान कन्दङवाको उम्मेदवारी रहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार सुब्बाले आफ्नो उम्मेदारी जिल्लालाई विकास निर्माणमा नुमना जिल्ला बनाउनका लागि भएको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।