तपाईंहरू ओनसरीलाई जिताएर पठाउनुस्, विकासे मन्त्री बनाउँछु : प्रचण्ड

काठमाडौं, २९ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गरेका छन् ।

सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले घर्तीभित्र धेरै अन्तरनिहीत क्षमता रहेको बताए । त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे । प्रचण्डले काठमाडौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए ।

‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ । यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस्’, प्रचण्डले भने, ‘उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरूको अगाडि पठाएनेछ । यो विश्वास दिलाउन चाहन्छु ।’

ओनसरी संघर्ष संघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा मैले नजिकबाट नियाल्ने कोसिस गरेको उनको भनाइ थियो । उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।