१० औं छिन्ताङ्ग सहिद कप फुटवल प्रतियोगिताको उपाधि सिर्जनशील युवा क्लब सागुरीगढी ८ तातोपानीलाई

धनकुटा । शहिदभुमि गाउँपालिका वडा नं १ मा सञ्चालित १० औं छिन्ताङ्ग सहिद कप फुटवल प्रतियोगिताको उपाधि सिर्जनशील युवा क्लब सागुरीगढी ८ तातोपानीले जितेको छ ।

सिर्जनशील युवा क्लव सागुरीगढी ८ तातोपानी र देउराली युवा क्लव विच भएको फाईनल खेलमा ० को विरुद्ध ६ गोल गर्दै सिर्जनशील युवा क्लवले १० औं छिन्ताङ सहिद कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । जित संगै उस्ले नगद १ लाख ५ हजार पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै खेलका उपविजेता देउराली युवा क्लबले नगद ५० हजार पुरस्कार पाएको छ । खेलको उत्कृष्ट खेलाडी देउराली युवा क्लबका जर्सि नं १४ का संगम राई , सर्वाधिक गोलकर्ता सिर्जनशील युवा क्लबका जर्सि नं ३० का मिलन लिम्बू घोषितभएका छन् , उनिहरुले नगद ४-४ हजार पुरस्कार प्राप्त गरेकाछन् ।

मितेरी क्लवका अध्यक्ष काशीराम माझीको अध्यक्षतामा सम्पन्न फाईनल खेलका समापन कार्यक्रमका प्रमुख सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राई रहनु भएको थियो। यस्तै जिल्ला खेलकुद विकास समिति धनकुटा अध्यक्ष मनोज चाम्लिङ्ग जिल्ला फुटवल सँघ अध्यक्ष मनी चेम्जोङ्ग वडाध्यक्षहरुको उपस्थिति थियो ।

कार्यक्रममा लोकतान्त्रिक आन्दोलन २०३६ का वीर सहिद परिवारलाई दोसला ओडाएर सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।