राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडाैं, ४ कार्तिक । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्बोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको हो । वैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रवार दुवै पक्षको वहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको छ ।

सर्बोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।