मेलिना र साक्थिमको धरान शहरको छायाँकन

धरान। पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत “धरान शहर ” को छायाँकन धरान संगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।

युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन्।

मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राई संगै साक्थिम योङ्गयाको युगल स्वर रहेको छ। बिष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन्। मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई , शुबानी मोक्तान लगायत अन्य चर्चित गायक -गायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भैरहेको र क्रमश: म्युजिक भिडिओ सहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङ्बुहाङले बताउनुभयो।

मकैबाट मनग्य आम्दानी
बलेवा, ७ कात्तिक (रासस) ःबागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्नुहुन्छ । उहाँको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना छ ।

यहाँकैै गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताउनुभयो । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी सङ्कलन केन्द्रमा पठाउने लक्ष्य उहाँले बनाउनुभएको छ । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।

यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारन केन्द्रमा सङ्कलन गर्न थालिएको छ । भण्डारन केन्द्रमा राखेर बजार पठाउने गरी यो वर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रुपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो । किसानले नगदै सङ्कलन गरेर रु छ लाख पु¥याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु ३० लाख लगानी गरेको हो । स्थानीयले खोजेको दुई रोपनी दुई आना जमिनमा परियोजनाको रु ३० लाख बजेट विनियोजन भएपछि भन्डारन केन्द्र बनाइएको वनले बताए । उक्त भण्डारन केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरुपमा मकैखेती गर्दै आएका छन् ।

सामूहिक भण्डारन गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताउनुभयो । “भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले यो वर्ष मकै जोगिने भयो”, भुजेलले भन्नुभयोे, “अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।” किसानले मनकामना तीन जातको मकै लगाएको उहाँले बताउनुभयो ।

यो वडा समुद्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार मिटरसम्मको उचाइमा छ । त्यसैले मकैको उत्पादन अत्यधिक हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । भवनसँगै यहाँ कृषिउपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञानकेन्द्र र स्थानीयको श्रमदानसमेत गरी रु १५ लाखको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट स्थानीयरुपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा अर्डरअनुसार ढुवानी गरेर पठाउने योजना वनले सुनाउनुभयो ।

उत्पादन बढाउन यो वर्षदेखि यहाँका किसानले देउती र शीतला जातको मकै पनि ल्याएका छन् । दगा, तुम्डाँडा, गहते, सिमलचौरलगायतका बस्तीमा पनि मकै खेती विस्तार गरिएको छ । गत वर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण थालेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖