मोरङ क्षेत्र नम्बर ६ का सबै सीटमा चुनाव जित्ने बस्नेतको दावी

विराटनगर । चाडवाडहरूको समापनसँगै मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचनको मैदानमा पार्टी र उम्मेद्वारहरू प्रचार अभियानमा जुटेका छन् ।निर्वाचन आचारसंहितालाई ख्याल गर्दै नेकपा (एमाले) मोरङका सबै उम्मेद्वारहरू यतिबेला जनताको घरदैलोमा पुगेका छन् ।

यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ६ (१) का उम्मेद्वार पर्शुराम बस्नेतले अरुलाई हराउन भन्दा पनि ‘आफू जित्न’ चुनावी प्रचार अभियानमा जुटेको बताएका छन् । आफ्नो क्षेत्रको प्रचार अभियानमा रहेका बस्नेतले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।

पार्टीका जुझारु एवं सक्रिय युवा नेताको रुपमा परिचित बस्नेत मोरङको क्षेत्र नं. ६ मा प्रतिनिधि सभा र प्रदेशसभाका दुवैस्थानमा एमालेले जित्ने दावी गरेका छन् । कतिपय उम्मेद्वारहरू अरुलाई गालीगलौज समेत गरेको सुनेको बताउने बस्नेतले ‘आफू अरुलाई गाली गरेर वा अरुलाई हराउँछु’ भनेर होइन ‘हाम्रो पार्टीका उम्मेदवारहरू जित्छौ’ भन्दै प्रचारमा हिँडेको बताए ।

प्रचार अभियानमा जनताको भावनालाई शिरोपर गरेको बताउने बस्नेतले नेकपा एमालेको सरकारका पालामा भएका सबै कामहरूको सकारात्मक प्रभाव परेको बताए । भविष्यमा पनि जनताको हित सर्वाेपरि हुने योजना बताउँदा एमालेप्रतिको जनभावना एकदमै सकारात्मक देखिएकोले यस क्षेत्रका तीनै सीटमा चुनाव जित्ने बस्नेतको दावी रहेको छ ।

उनले ‘विगतमा जनताको चाहनाका आधारमा काम गरेको थिएँ, आज पनि गरेको छु’ भन्दै भोलि पनि जनताको पक्षमै काम गर्ने बाचा दोहो¥याए ।
बस्नेतले निर्वाचित भएर गएपछि धेरै ‘नमूना काम’ गर्ने बाटो प्रसस्त गर्नको लागि पनि मतदाताले आफूलाई जिताउने दावी गरेका छन् । निर्वाचन प्रचार प्रसारलाई तीब्र बनाएका बस्नेतले सञ्चारकर्मीसँगको कुराकानीनमा आफू प्रतिस्पर्धीसँग एकदमै मर्यादित एवं स्वस्थ प्रतिस्पर्धा गरी निर्वाचनमा विजयी हुन चाहेको पनि बताए ।

उनको क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केदार कार्की तथा स्वन्त्र उम्मेदवार गोपाल रेग्मी पनि प्रतिस्पर्धामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।