जनप्रतिनिधिको मोडल बन्न उम्मेदवारी दिएको हुँ: बस्नेत

विराटनगर । मोरङ क्षेत्र नं ६ (२)का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ त्यसको मोडल आफु बन्ने बताएका छन् ।

आफ्नो क्षेत्रका मतदाताको समस्या बुझ्ने अभियानमा रहेका बस्नेतसँग केही सञ्चारकर्मीले गरेको अन्र्तक्रियामा उनले विराटनगरबाट प्रतिनिधित्व गर्दै तीन जना प्रधानमन्त्री भएपनि यस क्षेत्रको हुनुपर्ने जति विकास नभएकाले आफु जनप्रतिनिधिको मोडल बन्ने बताएका हुन् । उनले भने ‘विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबै भन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सास्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो । तर जुन हिसावले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’ उनले थपे ‘सबैको केन्द्र हुदाँ हुदै पनि यहाँ विकास भनेजति नभएकाले त्यसका लागि नयाँ जेनेरेशनको जनप्रतिनिधि चाहिएको छ । युवा पुस्तालाई प्रतिनिधित्व गर्दै जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर म मोडल भएर देखाउँछु । जनताको शासक हैन सेवक भएर देखाउने छु ।’

बस्नेतले आफुलाई यस क्षेत्रका समस्या आफैले झेलेको बताए । उनले भने‘ म पनि हरेक वर्ष बाढीको समस्या भेल्दै आएको छु, बाढस्ले हरेक वर्ष नगरबासीहरु डुब्नुुपर्छ ।’ उनले बाढी, वेरोजगारी लगायतका यहाँका मुख्य समस्या रहेको भन्दै आफु जनप्रतिनिधि भए ती समस्या समाधानका लागि गुरुयोजना बनाएर त्यसको समाधान गर्ने बताए ।

उनी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केदार कार्की जो वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् उनीसँग मुख्य प्रतिष्पर्धामा छन् । काग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र विपि काग्रेसका जर्नादन निरौलाले पनि उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र नेपाली काग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।