दियुसको ह’त्यामा सम्लग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिए संगै आठै जना पक्राउ

उर्लाबारी, १५ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक एक किशोरको ह’त्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छु’रा प्रहार गरेर ह’त्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्यालय र मोरङ जिल्ला प्रहरी कार्यायलको पक्राउ टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौकका सपन खत्री, प्रतीक बराइली, सरोज परियार र सनिस याक्खा रहेकोे उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले बताउनुभयो ।

उहाँका अनुसार ह’त्यामा सम्लग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र ह’त्यामा संलग्न किशोरहरुको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइबी साँध्न उनीहरुले छु’रा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घाइते श्रेष्ठलाई उनका साथी र स्थानीयवासीको सहयोगमा उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा श्रेष्ठको सोमबार बिहान मृ’त्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।