तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १५ कार्तिक । तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् ।

तोसिमाले सोमबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

एमालेको घोषणपत्रः २० ‘ग्यारेन्टी’, २४७ प्राथमिकता
काठमाडौँ, १५ कात्तिक (रासस) :
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गर्नुभएको उक्त घोषणापत्रमा एक गन्तव्य, एक राष्ट्रिय आकाङ्क्षा, चार सङ्कल्प, पाँच वर्ष, २० ‘ग्यारेन्टी’, ३० कामका क्षेत्र, २४७ प्राथमिकता, ४१ महिना र ८२ वटा ‘माइलस्टोन’ उल्लेख गरिएको छ ।

एमालेले मुलुकको समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने, ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन, स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने र सबैका लागि काम र नियमित कमाईको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको छ ।

एमाले सरकार गठन भएपछि ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन, ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चित गर्ने, सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति गर्ने, खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनीको मान्यता अघि बढाउने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, व्यवस्थित सहरः स्वच्छ र हरियाली वस्तीको अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ ।

सरल, सहज सार्वजनिक सेवाको प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकलाई वित्तीय पहुँच स्थापित गर्ने, स्वस्थ महिनावारी सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, सभ्य समाजः मर्यादित नागरिकको नीति कार्यान्वयन गर्ने र प्रतिव्यक्ति आय दोब्बर गर्ने एमालेको प्रतिबद्धता छ ।

४१ महिनामा हासिल ८२ ‘माइलस्टोन’

एमालेले यसअघिको ४१ महिना सरकारको नेतृत्व गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा हासिल गर्न जनपक्षीय काम गरिएको दाबी गरेको छ । सो अवधिमा संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयन गर्ने १६ सहित ८९ वटा नयाँ कानुन तर्जुमा, प्रदेश र स्थानीय तहको कार्यसञ्चालनका लागि ५० भन्दा बढी नमूना कानुन निर्माण, श्रमिकको आधारभूत पारिश्रमिकमा पाँच हजार तीन सय वृद्धि तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको एमालले जनाएको छ ।

एकचालीस महिनामा भौतिक तथा आर्थिक विकासले तीव्र गति लिएको एमालेको दाबी छ । सो अवधिमा प्रतिदिन पाँच किलोमिटर सडक कालोपत्रे, प्रतिदिन १२ भवन निर्माण, प्रतिदिन एक झोलुङ्गे पुल निर्माण, हरेक दोस्रो दिन सरदर कम्तीमा एक सडक पुल र तेस्रो दिन ग्रामीण पुल निर्माण भएको एमालेको घोषणापत्रमा उल्लेख छ ।

ओली नेतृत्वको सरकारले निरपेक्ष गरिबीको रेखामुनिका जनसङ्ख्या २१.६ प्रतिशतबाट १८.७ प्रतिशतमा झारेको, बुहआयामिक गरिबीको सूचकाङ्क ३०.१ बाट १७.४ मा झारेको, पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि रु दुई अर्ब ३५ करोड ढुवानी खर्च जोगिएको, आयात १२.१ प्रतिशतले घटेको र निर्यात ४.५ प्रतिशतले बढेको, कूल गार्हस्थ्य उत्पादनको अनुपातमा व्यापार घाटा नौ प्रतिशतले घटाएको एमालेले दाबी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।