तेह्रथुममा मतदाता रिझाउँदै दल र स्वतन्त्र उम्मेदवार

प्रकाश पाक्साँवा/तेह्रथुम, १६ कात्तिक । आसन्न ४ मंसिरकाे निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरूले मतदाता रिझाउन गाउँगाउँ पसेका छन् । उनीहरूले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् । मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन दल र एमालेका उम्मेदवारहरू गाउँ गाउँमा पुगेका छन्।

तेह्रथुममा गठबन्धन दलबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, प्रदेशसभा (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई चुनावी मैदानमा छन् । एमालेबाट प्रतिनिधिसभामा विजय सुब्बा, प्रदेशसभा (क) मा किशोरचन्द्र दुलाल र (ख) मा पार्टी अध्यक्ष तेजमान कन्दङवा चुनावी मैदानमा छन् । दल र स्वतन्त्र उम्मेदवारहरू आफ्नो पक्षमा जित दिलाउन वडास्तरीय कार्यक्रम तथा घरदैलो भेटघाटमा लागेका छन् ।

एमालेका उम्मेदवारहरूले आफूले विगतमा गरेको कामको मूल्यांकन गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् भने गठबन्धन दलका उम्मेदवारहरू काम गर्ने मौका दिए काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै आएका छन् । गत निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै एमालेले जितेको तेह्रथुममा यसपटक कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । गत निर्वाचनमा वाम गठबन्धनको साथ पाएको एमाले यसपटक एक्लैं चुनावी मैदान छ ।

गत निर्वाचनमा एक्लै चुनावी मैदानमा रहेको कांग्रेसलाई सत्ता गठबन्धन दलको साथ छ । विगतको स्थानीय निर्वाचनमा पाँच पालिका प्रमुख जितेको एमालेले यसपटक तीन पालिका मात्रै जितेको छ । यसकारण तेह्रथुममा यसपटक कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको हो ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा एक स्वतन्त्रसहित १० जनाले प्रनितिधिसभामा उम्मेदवारी दिएका छन्। प्रदेशसभा (क) मा एक स्वतन्त्रसहित नाै र (ख) मा एक स्वतन्त्रसहित सातजना चुनावी मैदानमा छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुमा ४३ वटा वडा छन् । मतदाता संख्या ७२ हजार आठ सय ९५ रहेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।