आचारसंहिताको उल्लंघन: प्रचारप्रसारमा बालिकाको प्रयोग

भैरहवा, १६ कात्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघनगर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् । निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पाेल र भित्तामा पाेस्टर, सडकमा डिजे र व्यानरसहितकाे गाडी प्रयाेग भएको पाइएको छ ।

उम्मेदवारले आचारसंहितामा रही निर्वाचनको गतिविधि गर्ने भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिबद्धता जनाए पनि बहालवाला गृहमन्त्री नै आचारसंहिताविपरीत बालिकालाई प्रचारप्रसार कार्यालयको उद्घाटनमा प्रयोग गरेका छन् । पाँच दलीय गठबन्धनले मंगलबार निर्वाचन क्षेत्र नम्बर अन्तर्गत सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ७ को प्रचारप्रसार कार्यालय उद्घाटनमा कक्षा ६ मा पढ्ने एक बालिकालाई झण्डासहित नृत्यमा प्रयोग गरेका छन् । स्थानीय सनसाइन स्कुलमा अध्ययनरत ती बालिकाले गृहमन्त्री प्रमुख अतिथि रहेको उनकै कार्यक्रममा नेपाली कांग्रेस जिन्दावाद नामक गीतमा रुख चिह्नअंकित झण्डासहित नृत्य गरेकी छन् । गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभामा नेपाली कांग्रेसबाट बहालावाल गृहमन्त्री बालकृष्ण खाण र प्रदेशसभा क्षेत्र नम्बर ३ एक बाट लोसपाका सन्तोस पाण्डे उम्मेदवार छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ खण्ड ट मा राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ संगठन तथा सम्बन्धित् व्यक्तिले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने र खण्ड घ मा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा दलको उम्मेदवारको निर्वाचन चिह्न वा झण्डाअंकित बोक्न नहुने भनिए पनि गृहमन्त्री नै सामेल भएको उनकै क्षेत्रको कार्यक्रममा बालिकाले झण्डासहित नेपाली कांग्रेस जिन्दावाद भन्दै नृत्य गरेकी छन् ।

यस्तै पाँच दलीय गठबन्धनकै उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत गाडीमा उम्मेदवारको फोटोसहितको व्यानर लगाई साउन्ड बाजासहित प्रचारप्रसारमा रहेका छन् । परिच्छेद ४ को खण्ड १३ ण मा प्रचारप्रसारमा बाजा, गाजासहित जान नहुने उल्लेख छ । तर, उम्मेदवारले सोहीलाई प्रयोग गरी प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै हिँडेका छन्, जो आचारसंहिता बाहिर गएर प्रचारप्रसार भएको छ ।

यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार राउत र सलाउद्दीन आलम, स्वतन्त्र उम्मेदवार केशव विक्रम खडका, स्वतन्त्र उम्मेदवार इशरत अलीले पनि आचारसंहिताविपरीत पोल र भित्तामा पोस्टर/व्यानर लगाएका छन् । आचारसंहिताको परिच्छेद ४ दफा १३ को खण्ड ज मा निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान र सडकको पोलमा दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टास्न पाइँदैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका प्रवक्ता शोभाकर खरेलले आचारसंहिताको उल्लंघन भए प्रमाणका साथ लिखित उजुरी गर्न सकिने व्यवस्था रहेकाे र अहिलेसम्म उजुरी नआएको बताए ।

यता निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णु प्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गरे भनेर रोहिणी गाउँपालिकविरुद्ध लिखित उजुरी परेको बताए । ‘हामीले पनि गाउँपलिकालाई कुस्तीको विषयमा लिखित स्पष्टीकरण सोधेका छौँ, आयोगलाई जानकारी पनि भइसकेको छ,’ उनले भने, ‘हिजो बालिकाको प्रयोग भनि फोटो र भिडियो पनि आएको छ । यसलाई पनि आयोगमा पठाएका छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।