खोटाङको दलित महिला वडा सदस्य नेपालीको मृ’त्यु

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृ’त्यु भएको छ ।

दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृत्यु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृ’त्यु भएको हो ।

जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्‍याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृ’त्यु भएको उनका भाइ विजय नेपालीले बताए । लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो ।

शल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरबाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।

नेपाली गत ३० वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटी सदस्य हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।