काभ्रेको बिकास र जनताको निस्वार्थ सेवा गर्छु : उम्मेदवार कुँवर

काभ्रेपलाञ्चोक – काभ्रेको भुम्लु गाउँपालिकामा ५६ वर्ष अघि जन्मनु भएको तारा बाहादुर कुवँर अहिले धेरै नेपालीको उत्प्रेरणाको श्रोत बन्नु भएको छ । जिवनमा दुख कति गर्नुपर्छ र कति गर्नुभयो भन्ने प्रमाणको रुपमा हजुरलाई नमस्ते नामको जिवनी पुस्तक नै प्रकाशीत गर्नु भएको छ । सानै उमेरमा काठमाडौं बसी ज्याला मजदुरी गर्दै व्यवसायमा लाग्नु भएको तारा बाहादुर नेपाल हेभी इकुमेन्टस व्यवसायी महासंघको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

उहाँ माफर्त काभ्रेको अधिकांस यूवा व्यापार व्यवसायमा लागी आज सफल व्यवसायी बनी समृद्घ नेपाल बनाउन सहयोग पुयाउदै छन् । धेरैका गुरु तारा बाहादुर कुँवर हाल स्थापित व्यवसायमा लगाउदै आफु भने यो देशको लागी र अझै भन्नु पर्दा आफनो जन्म थलोका दाजुभाईको सेवा गर्छु भन्दै काभ्रे क्षेत्र नं २ अन्तर्गत (क) क्षेत्रबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनि लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ । तारा बाहादुर आजकाल मतदाताहरुको घरदैलोमा लागीरहनु भएको भेटीन्छ । यसै उम्मेदवार तारा बाहादुर कुँवर सँग गरेको चुनावी कुराकानी :

० तपाई व्यापार व्यवसाय गरेर आफनो पहिचान बनाइसकेको मान्छे किन यसरी राजनितीमा आउनुभयो ?
हेर्नुस मैले जिवनभरी आफनो र परिवारको लागी काम गरे । अब मलाई मेरो छोराछोरीले व्यवसायमा जिम्मा लिएर सघाइरहेको छन् । अब म नभए पनि मेरो व्यवसाय चल्छ, छोरा छोरीको पढाई पनि सकियो । मैले यो समाजलाई केही गर्छु भनेर सामाजिक सेवा गर्छु भनेर मैले उम्मेदवारी दिएको हो ।

० तपाईको एजेण्ड के के छन् त ?
अब म ठुला ठुला सपनाको भारी बाड्न जान्दिन राजनिती दलको जस्तो धेरै सपनाहरु देखाउन र झुट बोल्न आएको होईन् । हाम्रो देशमा गर्नुपर्ने कामको लिष्ट लामो बन्छ । तर जनताले सानो भन्दा सानो जस्तै ः सिंचाई, खानेपानी, औषधिपचार, गुणस्तरीय शिक्षा, कृषकलाई मलखाद बिक्री बितरणको बजार ब्यबस्थापन र युवाहरुलाई स्वदेशमा परिवार संगै बसेर राम्रो रोजगारी मात्रै दिलाउन सकियो भने हाम्रा दाजुभाईहरु स्वर्ग जस्तो देशमा खुसी साथ बस्नु हुन्छ र म तिनै मुद्धाहरु लाई अगाडि बढाई समृद्ध नेपालका सुखी काभ्रेली बनाउन लागने छु ।

० कृषी पर्यटनको कुरा तपाईको प्रतिबद्धता पत्रमा राख्नु भएको रहेछ वास्तवमा के हो ?
काभ्रे जिल्लामा कृषी व्यवसाय मात्रै राम्रो सँंग गर्न सकियो भने काभ्रे समृद्ध बन्छ् । काभ्रेको बिभिन्न क्षेत्रहरु मैले घुम्दा यहाँको भौगोलिक बनावट कतै धान, फलफुुल, अलैंची, कफी, तामा, गाई भैंसी पालन गरी दुध तथा दुध जन्य उत्पादनहरु व्यवसायीक रुपमा युवाहरुलाई शुरुवाती सहुलीयता ऋण दिलाई उपभोक्ताको भान्सा सम्म एकै दिनमा पुराउन सकिन्छ । यसरी एकदिनमा उत्पादक देखी उपभोक्त सम्म पुग्ने भएपछी छुटी मनाउने राजधानी बासीलाई काभ्रे आउन र घुम्न प्रोत्साहीत गर्न सकिन्छ । अरनिको राजमार्ग हुँदै राजधानी जाने यात्र¬ले ताजा उत्पादन कृषकको हातैबाट खरिद गरेर लैजान पाउँछन् । पलान्चोक भगवती मन्दिर दर्शनमा आउने धार्मिक पर्यटकलाई कृषि उत्पादनको बिक्री बितरण गरी कृषीलाई अझै टेवा प¬राउन सकिन्छ । दोलालघाट र पाँंचखालमा कृषि हाटबजारको व्यबस्था गरी राजधानी बासीको आवस्यकतहरु हाम्रो काभ्रेले लाभ उठाई कृषि तथा पर्यटनको विकास गर्ने योजना छ ।

० मतदाताको घरदैलोमा जांदा बिकास भयो बिकासको झलक कस्तो पाउनु भयो ?
धेरै बिकासको मुलनै फुटेको छ काभ्रेमा भनेर हल्ला फिजाइएको रहेछ । सर्वप्रथम त किसानले मलखाद नै पाएको छैनन् । २०४९ सालमा खनिएको मोटरबाटो जस्ताको त्यस्तै छ । हरेक बर्षको बजेट बाटो घाटो बनाउनमा खटेको देखिन्छ तर जस्ताको त्यस्तै छ । डांडैभरी भष्य भवन बनाइएका छन् विद्यालयको तर गुणस्तरीय शिक्षा छैन् स्वास्थ चौकीका भवन छन् उपकरण र औषद्यी छैन् सामान्य उपचार र सिटामोल समेत पाउन सकिन्न । खेतबारी बांझै छन् चामल आयातीत किनेर खांदैछन् युवा जती बिदेशमा छन् चामल आयतीत किनेर खादैछन । देशमा रोजगारी छैन् । मैले बिकासको नाममा बिनास मात्रै देखीरहेको छु ।

० चुनाव जित्नु हुन्छ त ?
चुनाव हार्छु भनेर कोही पनि उम्मेदवर बन्दैनन होला । काभ्रेली जनताले मलाई भोट दिनु पर्छ र दिनुहुन्छ भन्नेमा ढुक्क छु । काभ्रेको बिकास र जनताको निस्वार्थ सेवा गर्छु भनेर आएको हुनाले पक्का जित हुन्छ ।

० राष्ट्रिय राजनितीक दलको जस्तो संगठन कार्यकर्ता त पक्कै छैनन होला कसरी प्रचार प्रसार गरी रहनु भएको छ त ?
हेर्नुस कोही संगठन कार्यकर्ता भएकोहरुको भन्दा हाम्रा स्वस्फूर्त रुपमा आउने सहयोगीहरुको कमी छैन । हामीलाई जांहा जता जान्छौं त्यांहा दिल खोलेर सहयोग गर्ने र स्वागत गर्नेहरुको जमात ठुलो पाएको छौं । हामी भ्रष्टाचार बिरोधी अभियानको रुपमा हिंडेको हुनाले समस्या नै समस्याले आक्रान्त जनाताहरु हामी जस्तालाई खोजी रहनुभएको छ ।

० काभ्रे जिल्ला लाई सुनकोसी नदीले दुई भाग बनायो म एकै बनाउछु भन्नु भएको रहेछ नी ?
हेर्न¬स संसार अहिले खोलाले खण्डीकरण गर्दै दुई भाग हुदैन । मेरो भनाई के हो भने बिकास निर्माणको बजेट कँहा कति दिने भनेर दामासाही मिलाउन नसकदा वारी र पारीको मुद्धा ठुलो भएको हो । आवस्यकताको आधारमा बजेट बिनीयोजन गरी वारी र पारी नछुटाउने भन्न खोजेको हो ।

० तपाईको प्रतिबद्धता सांराशमा के हो ?
जनताको दुःख कष्ट पिर मर्का देखेर धेरै भाबुक छु । बोल्न केहि शब्द छैनन् । जिम्मेवारी दिन¬होला तपाईहरुको जिवन परिवर्तन गरेरै छाड्ने वाचा गर्दछु। गाउँ सहरको यो अवस्था लाई पाँच बर्ष भित्रमा काया पलट गर्न सकिन्छ । जिम्मा र दायीत्व तपाईहरुले दिनुभयो भने कसम खाएर भन्ने छु कि तपाई जनतालाई गर्व गर्न योग्य काम गरेर देखाउने प्रतिबद्धता गरेको छु। मलाई भाषण र झुट आस्वासन परिवर्तन बिक्री गर्नेु छैन् । जनताको जिवनस्तरमा आमुल परिर्वतन गर्नुु नै मेरो घोषणा यही हो मेरो प्रतिबद्धता ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।