स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम । अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गरे ।

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताए ।

परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्नेसमेत विश्वास व्यक्त गरेका थिए । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वत्रन्त्र उम्मेदवार राधिका भुजेल, नेकपा एमाले अनुसाशन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत उपस्थित थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।