मंसिर ४ गठबन्धन नामको लुतो फाल्ने दिन हो : लालबाबु पण्डित

विराटनगर । नेकपा (एमाले) का नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले मंसिर ४ गते गठबन्धन नामको लुतो फाल्ने दिन भएको बताएका छन् । शनिबार हिसान मोरङ र विराटनगर प्याब्सनले आयोजना गरेको शिक्षासेवीहरुसँगको अन्तरक्रियामा नेता पण्डितले भने, ‘साधारण भाषामा भन्ने हो भने गठबन्धन नेपाली जनताको लुतो हो ।

हामीले वर्षमा एक दिन फाले झैं मंसिर ४ मा पनि यो लुतो फाल्ने हो । ब्यक्तिगत महत्वकांक्षा पूरा गर्ने उद्देश्यले गाँठागुठी जोडिएर गठबन्धन भएको उनले टिप्पणी गरे । निर्वाचनअघि नै २ वर्ष शेरबहादुर देउवा २ वर्ष प्रचण्ड र १ वर्ष माधवकुमार नेपालले सरकार चलाउने सम्झौता भएको कुरा बाहिर सार्वजनिक भएको भन्दै उनले अहिले नै अस्थिर राजनीतिको कुरा गर्नेहरुलाई फेरि पनि जिताउने हो भने मुलुक र जनताको भविष्य अन्धकारतिर धकेलिने नेता पण्डितले बताए ।

अहिलेको सरकारको सुशासन, विकासको काम कहाँ गएर रोक्यो ? भन्दै मिहिन हिसाबले मूल्याङ्कन गर्ने बेला आएको नेता पण्डितले बताए । यसअघि यहाँका जनताले मत दिएर चुनाव जितेर गएपछि आफूले जनताको शिर झुक्ने कुनै काम नगरेको बरु विकासले गति लिएको बताए ।

यही निर्वाचन क्षेत्रमा ५ अर्ब रूपैयाँभन्दा बढी केन्द्रीय बजेट आएर काम भइरहेको अवस्था दर्शाउँदै उनले प्रतिस्पर्धीहरु भने हिजो पिता पुर्खाको नाममा भोट माग्दै आइरहेको टिप्पणी गरे । उनले भने,‘हिजो चिन्दिन भन्ने, साइकललाई हेप्नेहरु अहिले अंश र बंशको कुरा गरेर भोट माग्दै हिँडिरहेका छन् ।

उनले शिक्षण पेशामा आवद्ध बौद्धिक व्यक्तित्वहरुले असल र खराब छुट्याएर एमाले नेतृत्वको स्थायी सरकार बनाउन लाग्नुपर्ने बताए । अन्यथा फेरि पनि गंगटाजस्तो भएर च्यापाच्याप गर्ने सरकार बन्ने हो भने नेपाली जनता र देशको लागि अभिसाप हुने उनको तर्क छ ।

कार्यक्रममा हिसान प्रदेश १ का सचिव दिपेश बास्तोलाले सुनाएको कविताको एक अंशको जवाफ दिँदै नेता पण्डितले केही कुरापनि झुठो बोल्नु नहुने तर कहिलेकाँही खराब मान्छेका कारण सबैलाई अफ्ठ्यारो हुने सुझाए । उनले केही अल्पकालीन र केही बहुवर्षीय योजनाहरु हुने स्मरण गराउँदै अल्पकालीनलाई बहुवर्षीय र बहुवर्षीयलाई अल्पकालीनका रुपमा बुझ्ने बुझाउने काम हुनसक्ने भएकाले त्यसलाई छुट्याउनुपर्ने कुरामा जोड ददिए ।

कार्यक्रममा बाँस्तोलाले

आउँदा सबैका साझा नेता बनेर आउनु

गर्न सक्ने कति हो त्योमात्र भनेर आउनु

आश्वासन बाँडेरै जित्छु भन्ने लाग्छ भने,

राजनीति छोड्ने दिन पनि गनेर आउनु

भन्ने कविता वाचन गर्दा हल गुन्जायमान भएको थियो । कार्यक्रममा मोरङ क्षेत्र नम्बर ४ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले कसले कति काम गर्छ गरेको छ भन्ने बुझेर अघि बढ्न आग्रह गरे । उनले एमाले नेतृत्वको सरकार आवश्यक रहेको सबैले बुझेकाले मुलुक र जनताको भविष्यका लागि प्रदेश र संघ दुवैमा एमालेको सरकार बनाउन भूमिका खेल्न आग्रह गरे ।

६ (१) का उमेदवार रीता न्यौपानेले स्थानीय जनताका सुझावका आधारमा वर्गीकरण गर्दै जनताको हितमा समर्पित रहने बताइन् । ६(२) का उम्मेदवार पर्शुराम बस्नेतले युवा पुस्ताको प्रतिनिधित्व आफूले गरेको भन्दै त्यसैले आफूलाई गल्ति गर्ने छुट नभएको बताए । उनले विराटनगरले शैक्षिक क्षेत्रमा देशकै ध्यानआकृष्ट पार्ने गरी योगदान गरेको भन्दै चर्चा गरिन् ।

कार्यक्रममा प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टिकाराम पुरीले समग्र देशको द्रुततर विकास चाहने हामीले स्थायी सरकारको पक्षमा लाग्नुपर्ने बताए । उनले गठबन्धन भन्नासाथ अस्थायी सरकार भन्ने बुझ्नुपर्ने भन्दै उनले टालाटुली बटुली झै खेलौनाको रुपमा देशको भविष्यलाई लैजान नहुने बताए । उनले दलहरुले हिजो गरेका गल्तिहरुलाई सुधार्दै सन्तानको लागि पनि एउटा पार्टीको स्थायी सरकारको पक्षमा बौद्धिजगत लाग्नुपर्ने जिकिर गरे । उनले भने, यतिबेला एकल सरकार दिन सक्ने एमाले मात्रै देखिएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।