मोरङ ४ (ख) प्रदेशसभाका उम्मेदवार घिमिरेको चुनावी अभियान तीव्र

विराटनगर । मोरङ ४ (ख) प्रदेशसभा सदस्यका एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान तीव्र बनाएका छन् ।

विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन् ।

एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेश सरकार सामाजिक विकासमन्त्री भएका बेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएका बताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा‘ तपाईँबाट ठूलो आशा गरेका छौं’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईँबाट थाहा भयो विराटनगर ८ का मनोज महतोले बताए ।

विराटनगर–३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा छुट्टै उत्साह दिएका थिए । घिमिरेप्रति ज्येष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा ज्येष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोगलगायतका कारण जेष्ठ नागरिकहरु खुशी भएका छन् । घिमिरेले चुनाव जितेमात्रै ज्येष्ठ नागरिकको पक्षमा काम हुने उनीहरुको भनाइ छ ।

एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनीय काम गरेका छन् । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकासलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।

५ वर्षको अवधिमा एमाले प्रदेशसभाका उम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।