खोटाङमा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल कांग्रेसबाट निष्कासन

खोटाङ, २३ कात्तिक । नेपाली कांग्रेसले खोटाङ प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई निष्कासन गरेको छ । आसन्न ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पोखरेललाई मंगलबार केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ७४ जनामाथि कारबाहीमा पर्दा पोखरेल पनि निष्कासनमा परेका हुन् । गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका कांग्रेस खोटाङका पूर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता लिए पनि पोखरेलले उम्मेदवारीलाई निरन्तरता दिएका थिए ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार राई र प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीका वीरबलकाजी राई उम्मेदवार छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाइ नभएको भन्दै कांग्रेस नेता पोखरेलले प्रदेशसभा ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

गठबन्धनले चुनावी कार्यक्रम गरिरहँदा स्वतन्त्र उम्मेदवार पोखरेल पनि धारा चुनाव चिन्ह लिएर घरदैलोमा व्यस्त छन् । राप्रपा पृष्ठभूमिका पोखरेल कांग्रेसका पूर्वजिल्ला उपसभापति पनि हुन् । सुरुमा स्वतन्त्र उम्मेदवारी दिनका लागि पोखरेललाई उक्साउने अधिकांश कांग्रेस नेता भने गठबन्धनको चुनावीसभामा हिँड्न थालिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।