नेपाल-हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न

काठमाडौं : नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल-हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ।

अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। बरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिहरु हंगेरी राजदुताबास बाट मरियन यार्दो, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, समाजसेवी लायन महेन्द्र पौडेल, समाजसेवी अर्जुन खड्का, गीतकार चलचित्र निर्माता अनु शाह, कलाकार देबी थापा ओली, नेपाल हंगेरी चेम्बर अफ कमर्सका उपाध्यक्ष टंक नाथ पौडेल, महासचिब शान्त कुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र कुमार बिसुराल, सदस्यहरु चेत बहादुर सिंह, सुमन महर्जन, अम्बर बहादुर रायमाझी, काजि बहादुर श्रेष्ठ, दुर्गा बिसुराल, प्रतिक्षा पोखरेल, संदिपा थापा, नरेन्द्र कुमार मूल र सुरेश डंगोल लगायत अन्य बिशिष्ठ व्यक्तित्व, पत्रकार तथा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो।

मौलिक कला संस्कृति आदानप्रदान कार्यक्रमले गर्दा दुइ देशीय अन्तर सम्बन्धलाइ प्रगाड बनाउने कुरा बक्ताहरुले कार्यक्रममा राखेका थिए भने नेपालमा संस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरियन कलाकारहरुले खुशी ब्यक्त समेत गरेका थिए । लगातार १ घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारहरुले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। उक्त कार्यक्रममा नेपालका कलाकारहरुले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए।

आगामी दिनहरुमा दुइ देश बीच यस्तै मौलिक कला संस्कृतिलाइ प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुइ देश बीचको ब्यापार प्रबर्धनलाइ अझ सुदृड बनाउने र पर्यटनलाइ समेत टेवा पुग्ने कुरा नेपाल हंगेरी चेम्बर अफ कमर्सका महासचिब शान्त कुमार श्रेष्ठले बताएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।