बदर मत घटाउन तेह्रथुममा नमुना मतदान

तेह्रथुम, २३ कात्तिक । ४ मंसिरकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरुप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मतदान गरी सुरु भएकाे थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताए ।

नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका छन् । यस्तै, गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्रहीले नमुना मतदानमा भाग लिएका छन् । नमुना मतदान कार्यक्रममा सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तैं प्रत्यक्षलाई र समानुपातिक गरि चार पटक मतदान गर्नुपर्ने शर्माले नागरिकलाई जानकारी गराए । नमुना मतदान शिक्षाले विगतमा भएका मत बदरलाई न्युनिकरण हुने र आफुले रोजेको व्यक्तिलाई एक मतपत्रमा एक मात्रै मतदान गर्ने शिक्षा पाएको नमुना मतदानमा सहभागी कृष्णबहादुर ठकुरीले बताए ।

निर्वाचनको अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृत प्रमेश पोख्रेलले बताए । ‘आयोगबाट प्रतिधिनीसभा र प्रदेशसभा दुबै मतपत्र रुजु गरेर मतदान अधिकृतहरुलाई हस्तान्तरण गर्ने तयारी गरी सकेका छौँ । मतदान अधिकृत र सहायक सहयोगी कर्मकचारीहलाई मतदान अधिकृतहरुलाई तालिमको तयारी गरी रहेका छौँ । मतदान शिक्षालाई तिव्रता दिँदै नमुना मतदानलाई सबै पालिकाहरुमा सञ्चालन गरी रहेका छौँ । निर्वाचन सम्पन्न गराउन हामी तयारी अवश्थामा छौँ ।’ पोख्रेलले भने ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल ५६ मतदानस्थल छन भने ९३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।