सुनसरी–१ मा तातो घाममा ढल्केको छातालाई भोट माग्दै अशोक राई

धरान, २४ कात्तिकः । धरानमा बिहानैदेखि घाम चर्केको छ । साँझपख चिसो बढ्दै गए पनि चर्को घामले दिउँसो घरदैलोमा उम्मेदवारलाई सकस परेको देखिन्छ । एमाले जसपा तालमेलबाट सुनसरी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक राई तातो घाममा ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै जनताको घरदैलोमा छन् ।

पहाडको आलिङ्गन र चुरेको काखमा रहेको धरानमा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए नि कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । सूर्य चिह्नको प्रभाव रहेको धरानले यसपाली प्रतिनिधि सभामा छाता चिह्नबाट उठेका उम्मेदवार अशोक राईलाई निर्वाचित गर्नु पर्ने हुन्छ ।

एमाले जसपाका साझा उम्मेद्वार राईसँग एमालेको सिङ्गो टिम घरदैलोमा छ । निवर्तमान सङ्घीय साम्सद जयकुमार राईको प्रभाव क्षेत्र रहेको सुनसरी १ (२) मा उम्मेदवार राईलाई आफैं मत माग्दै हिडिरहेका छन् जयकुमार ।

धरान –१७ का एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा भोट माग्दै हिडेका उम्मेदवार जनतासँग विकास र समृद्धिका प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुको बस्ती रहेको धरान १७ सर्दू खोलाको वितण्डाले आजित छ । उम्मेदवारहरुले जनताको आकाङ्क्षा पूरा गर्न सुकुम्बासी समस्यालाई हल गर्ने, खहरे नियन्त्रण गर्ने र खहरे प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरी सौन्दर्यता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नेता राई राष्ट्रिय सरोकारका विषयदेखि स्थानीयका साना तिना समस्याकाबारेमा पनि प्रतिवद्धता जनाउदैं आउनु भएको छ ।

साथमा एमालेबाट सूर्य चिन्हमा प्रदेश सभा सदस्यका लागि सुनसरी १(२)बाट चुनावी मैदानमा निस्कनु भएका विजयकुमार राई पनि सँगै भाेट मागिरहनु भएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖