बागीलाई केपी ओलीको कटाक्षः दिँदा नखाने, राति उठेर कोल चाट्ने

धरान, २५ कात्तिक । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेसँग सहकार्य गर्ने दलहरुलाई मात्र जनताले भोट दिने बताउनु भएको छ ।पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि एमाले अध्यक्ष ओलीले प्रस्ट पार्नु भएको छ ।

‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भन्नु भयो, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिंदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्रस्वरुप स्वतन्त्र अभियान चलाइएको उहाँको भनाई थियो । उहाँले यो अभियानलाई दलीय व्यवस्था विरोधी अभियानका रुपमा परिभाषित गर्नु भयो । ओलीले भन्नु भयोे, ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’

ओलीले पार्टी कार्यकर्तालाई मतपेटीकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनु भयो ।एमाले अध्यक्ष ओलीले नेकपा एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताउनु भएको छ ।एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको बताउँदै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताउनु भयो ।

एमाले– जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा शुक्रबार सम्बोधन गर्दै ओलीले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गर्नु भयो । मंसिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनः मन्त्री बन्ने संकेत पनि गर्नु भयो ।ओलीले धरानको खानेपानीको दीगो व्यवस्थापनका लागि तीन वटा अवसरहरु रहेको बताउनु भयो । कोशी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दीगो व्यवस्थापन गर्ने । ओलीले मंसिर ४ पछि सर्वे सुरु गर्ने उहाँले बताउनु भयो ।

‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ,’ ओलीले भन्नु भयोे, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्ने छौं, काम सुरु गर्ने छौं, स्थायी ढंगले, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’

‘अहिले पानी परे पनि घाम लागे पनि छातै ओढ्ने हो’

अशोक राई अर्को पार्टीबाट उम्मेदवार भएको अवस्थामा केही भन्न नमिल्ने एमाले अध्यक्ष ओलीले बताउनु भयो । ओलीको भनाइले अशोक राई एमालेमा फर्कन सक्ने संकेत गरिरहेको थियो ।यस अघि सञ्चारकर्मीहरुको प्रश्नमा उम्मेदवार अशोक राईले समेत राजनीतिमा अनन्त सम्भावना रहेको बताउँदंै आएका थिए ।

‘यही पार्टीमा आउनुस् भन्यो भने सूर्य चिह्न लिन पाउनुहुन्न, अहिले त्यो मौकै छैन, अहिले त छातै ओढेर हिंड्ने होला,’ अशोक राईतर्फ हेर्दै ओलीले भने, ‘छाता चिह्न होइन त ?’ओलीको प्रश्नले कार्यकर्तामा हाँसोको फोहोरा छुटेको थियो । उम्मेदवार राई समेत गलल हाँसे । ओलीले पुनः भने, ‘पानी परे पनि ठीकै छ, घाम लागे पनि ठीकै छ, जतिखेर पनि ओढ्नै पर्यो, अहिलेको कुरा त्यही हो, भविष्यले बताउँदै जाला ।’

‘गठबन्धनलाई ओलीको उपमा, ‘हुँडारको जत्था’

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको बाम लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’ को उपमा दिएका छन् ।हुँडारले जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघले सिंहले स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ,’ ओलीले भन्नु भयोे, ‘यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढंगले गैरकानुनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ ।’

ओलीले नेकपा एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने उहाँको भनाई छ ।

कार्यकर्ताहरुको भेलालाई सम्बोधन गदैं सुनसरी क्षेत्र नं. १ प्रतिनिधी साभ सदस्यका उम्मेदवार अशोक राईले एमाले कार्यकर्ताहरुलाई अनुरोध गदैं छातामा मत हाल्नु खर्च गर्नु नभई लगानी हुने बताउनु भयो । सुनसरी १ मा एमालेजनहरुले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सुनसरी –१ एमाले–जसपा सयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फेलेसमेत सम्बोधन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।