चाहे डांडो कटाएर होस्, चाहे डांडो छेडेर होस् धरानलाई खानेपानीको व्यवस्था गरिन्छः ओली

धरान । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानी समस्या समाधान गर्न नेकपा एमाले मात्रै सक्षम रहेको बताउनुभएको छ ।

आज धरानमा भएको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीलाई दिर्घकालिन समाधान गर्न एमालेको सरकार बन्नुपर्ने बताउनुभएको हो । उहाँले धरानलाई खानेपानीको व्यवस्था सप्तकोशीको पानी पम्प गरेर वा लेउती सुरुङ बनाएर गर्ने बताउनुभयो ।

धरान–५ नं. वडाको देउरालीको वस्तीलाई खोलाबाट जोगाउन बलियो तटबन्धन निर्माण गर्ने र अव्यवस्थित बसोबासीलाई धनिपूर्जा दिइने बताउनुभयो । नेकपा एमाले र जसपाको तालमेल भएको हुनाले अशोक राईलाई एमालेले भोट दिनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेले अघि सारेको उम्मेदवारलाई जिताएर पठाउनुपर्ने भन्दै राष्ट्रिय आवश्यकताका लागी तालमेल गरिएको बताउनुभयो । उहाँले स्वतन्त्रको नाममा देशमा अराजकता बढ्दै गएको तथा देशी विदेशी शक्तिहरुले विभिन्न नाममा चलखेल गरिरहेकोले जनता चनाखो हुनुपर्ने समेत बताउनुभयो ।

रसुवामा निर्वाचनका लागि व्यवस्था
रसुवा, २५ कात्तिक (रासस) ःप्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो ।

सहायक निर्वाचन अधिकृत (उपसचिव) मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत एवं अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र तोक्ने कामसमेत सम्पन्न भइसकेको छ । पारदर्शी नीति अवलम्बन गर्दै मतदान केन्द्रमा जाने सबै कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा टाँससमेत गरिएको छ ।

निर्वाचनका लागि ५३ अधिकृतस्तर एवं ५२ कार्यालय सहयोगी र रापअन प्रथम तथा द्वितीय श्रेणीका नायब सुब्बा तथा खरिदारसरहका तीन सय ११ सहायक कर्मचारीसमेत गरी कूल चार सय १६ कर्मचारी परिचालन गरिने सहायक निर्वाचन उहाँले बताउनुभयो । खटिएका मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाइने बताइएको छ ।

चौँतिस स्थानका ५२ मतदान केन्द्रबाट जिल्लामा १९ हजार तीन सय ४० महिलासमेत कूल ३९ हजार चार सय ५९ मतदाता, मतदानमा सहभागी हुने जनाइएको छ । यस्तै अस्थायी मतदातामा भने सात सय ९२ जनाको नामावली तयार भएको छ । तीमध्ये नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७, नेपाल प्रहरीका ३७, निजामतिलगायत विभिन्न सरकारी निकायका छ सय १२ कर्मचारीका साथै कारागारका १४ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।

एक निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको यस जिल्लामा पाँच गाउँपालिमा छन् । ५२ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको आमाछोदिङ्मो गापाको वडा नं ३ गतलाङस्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रबाट एक हजार ४२ जनाले मतदान गर्ने र सबैभन्दा घटी गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे मतदान केन्द्रमा चार सय ६५ मतदाताले मतदान गर्ने भएका छन् ।

मतपत्रलाई सहीरूपमा सदुपयोग गराउन मतदाता शिक्षा अगाडि बढिरहेको, बिहीबारसम्म तीन स्थानमा नमूना मतदान गराउने कार्य सम्पन्न भइसकेको र मतदान केन्द्रमा आवश्यक पर्ने सबै प्रकारका सामग्री प्याकिङ गर्ने कामसमेत सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिनुभयो ।

यस्तै निर्वाचनका लागि आवश्यक पर्ने यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको छ भन्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्वाचनमा सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पङ्क्तिमा सशस्त्र प्रहरी र तेस्रो पङ्क्तिमा नेपाली सेना परिचालन हुने भएकाले सुरक्षा व्यवस्थामा कुनै कमी नआउने हुँदा निर्धक्कसँग मतदान कार्यमा शरिक हुन आम मतदातामा आग्रह गर्नुभयो ।

यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा अनुगमनका कार्यसमेत भइरहेको जनाइएको छ । टेलिफोनमार्फत आएका केही सामान्य गुनासालाई छलफलका माध्यमबाट स्थानीयस्तरमै निराकरण गरिसकिएकाले जिल्लामा आचारसंहिता उल्लङ्घनका समस्या खासै नभएको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता जिल्ला अनुगमन संयोजक हेमराज पौडेलले बताउनुभयो ।

अन्य क्षेत्रको तुलनामा रसुवा अत्यन्तै शान्त रहने जिल्ला भएका कारण सबै दलका प्रतिनिधि एवं उम्मेदवार संयमरुपले मतदाताको घरघरमा पुगेर आआफ्नो पक्षमा मत माग्ने काम अगाडि बढिरहेको नागरिक समाजको प्रतिक्रिया थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।